:लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपाल शाखा कार्यालय राजबिराजको कार्यालय शाखा प्रबन्धक कामेश्वर मंडल , एजेन्सी मेनेजर बुद्ध नारायण यादव र अभिक्रता सुरेन्द्र प्रसाद साहद्वारा जिवन बिमा गरेका मृतक पीडितलाई घरमा गएर सहजै रूपमा मृ त्यु दाबी भुक्तानी दिन थाले पछी पीडित परिवारहरुले खुसी व्यक्त गरेका छन्।

प्रबन्धक मंडलले पीडितहरुलाई खोजी सहज रूपमा भुक्तानी दिन लाग्दा लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपालद्वारा बिमा गराउन ब्यक्तीहरुले लाईन लाग्ने गरेका छन्। सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ६ कठौना बस्ने बिजय प्रकाश गुप्ता अचानक २०७७ चैत्र २३ गतेका दिन आफ्नो घरमा हर्ट अट्याक भएर मृ त्यु भएका छन्।


ऊनी २०७७ असार ३० गते लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपाल इन्स्योरेन्स कम्पनीमा जिवन बिमा गराएका थिए।

मृ तकको घरको अवस्था आर्थिक रुपले निकै कम्जोर रहेको छ्।

श्रीमान गुमाएका पीडित परिवारकी पत्नी रामपरी भगत गुप्तालाई लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपाल इन्स्योरेन्स कम्पनीका राजबिराज शाखा कार्यालयका प्रबन्धक कामेश्वर मंडल , एजेन्सी मेनेजर बुद्ध नारायण यादव , अभिक्रता सुरेन्द्र प्रसाद साह र पत्रकार उमेश कुमार साहको रोहवरमा नेपाल एस.वि.आई. बैंकको १ लाख ५ हजार ५ सयको चेक हस्तान्तरण गरेका छन्।