उमेश कुमार साह
०३ चैत्र, बिहिवार: बोदे बर्साईन

सप्तरीको बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंहले धार्मिक सद्‍भाव कायम गरेर होली पर्व मनाउन आग्रह गरेका छन् । होलि पर्व २०७८ सालको सुखद अवसरमा सम्पुर्ण नगरपालिकावासी तथा देश बिदेशमा रहेको दाजुभाई तथा दिदी बहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु एवं उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै, होलीको अवसरमा प्रदेश सरकारले चैत्र ३ र ४ गते प्रदेशमा सार्बजनिक बिदा दिएको हुदाँ यस पर्वलाई शान्तिपुर्ण तरिकाले हर्षोल्लासका साथ मनाउन सम्पूर्ण नगरबासीमा हार्दिक अह्वान गरेका छन।

होलीले समाजमा नयाँ जागरण, उत्साह थपियोस् भन्ने हाम्रो कामना हो,’ नगर प्रमुख सिंहले भने ।

नगर प्रमुख सिंहले भने समाजमा धार्मिक  सद्‍भाव,सामाजिक एकता र समाजमा रहेका विकृति हटाउ र होली पर्वको शुभकामना दिँदै भाइचाराको पर्व होलीको नाममा हुने विकृतिलाई हटाउनुपर्ने बताए ।

होली पर्व–२०७८ को अवसरमा बिहीबार शुभकामना दिदै नगर प्रमुख सिंहले यस्तो बताएका हुन् । शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको सुखद् अवसरमा खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाइने होली पर्वले छुट्टै मौलिकता,परम्परा र सांस्कृतिक महत्व बोकेको नगर प्रमुख सिंहले शुभकामना व्यक्त गरेका छन।