जनकपुरधाम । २०७८ चैत्र ०३, बिहिवार

त्रेता युगमा मिथिलाका राजा जनककी पुत्री माता सीतासँग अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र मर्यादा पुरुषोत्तम भगवान् रामसँग विवाह भएपछि परिक्रमा मार्ग भएर भ्रमण गरेको स्मरणमा मिथिला मध्यमा परिक्रमामा लाखौँ तीर्थयात्रीहरू सहभागी भएर खाली खुट्टा १ सय ३३ किलोमिटरको यात्रा गर्ने गरेका छन् ।

१५ दिने मिथिला मध्यमा परिक्रमाका यात्रीहरू आज जनकपुरधाम आइपुगेका छन् ।

परिक्रमामा सहभागी यात्री भारतको बिहार राज्यको करुणाबाट भगवान् राम तथा माता सीताको डोला बाजागाजा झाँकीसहित बुधवार विशौल विश्राम गरेको धार्मिक लस्कर विहानैदेखि जनकपुरधाम आउने क्रम जारी छ । विहिबार जनकपुरधाममै विश्राम गर्नेछ ।

भारतको बिशौलबाट बिहान कल्याणेश्वर स्थान, गिरिजा स्थान हुँदै जनकपुरधाम आउन लागेका हुन तथा भोली चैत्त ४ गते बिहान पञ्चकोशी अन्तर गृह परिक्रमा गरेपछि विधिवत् रुपमा परिक्रमा सम्पन्न हुनेछ ।