उमेश कुमार साह
३ चैत्र बिहिवार बोदे बर्साईन

सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ स्थित लाइफलाइन केयर हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लिमिटेड बोदे बर्साईनले आपसी भाइचारा र सद्भावका रुपमा शान्तिपूर्ण ढङ्गले हर्षोल्लासपूर्वक होली पर्व मनाउन आह्वान गरेको छ ।

लाइफलाइन केयर हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लिमिटेड बोदे बर्साईनका संस्थापक डाक्टर विबेक भिप्रले होलिको पावन अवसरमा सम्पूर्ण बजारबासी, गाँउबासी,नगरबासी , जिल्लाबासी, देशबासी तथा बिदेशमा बस्नु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनिहरुलाई सुख, शान्ति, समृद्धि एवं शु-स्वास्थ्य दीर्घायु तथा उतरोतर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गरेका छन।

बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधता र यही विविधतायुक्त धार्मिक, साँकृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन योगदान दिएका छन् ’लाइफलाइन केयर हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लिमिटेड बोदे बर्साईनका डाक्टर मोहम्मद अहम्दुला अन्सारीले शुभकामना दिदै भनिएको छ,‘होली पर्वले पनि विविध धर्म र सँस्कृति मान्ने समस्त नगरवासीहरुमा भातृत्व र अपनत्व आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्नेछ।