सिन्धुपाल्चोक ।  बलेफी हाइड्रोपावर लिमिटेडले बुधबार (चैत १६ गते) देखि सर्वसाधारणका  लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले  १८ लाख २७ हजार कित्ता आईपीओ बिक्रि खुला गरेको हो ।

कम्पनीले कुल १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीका लागि, ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याएर बाँकी रहेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ता आईपीओ सर्वसाधारणमा जारी गरेको छ ।

आवेदन भने चैत १६ गतेदेखि चैत्र २१ गतेसम्म दिन सकिने छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।