महोत्तरी :  महोत्तरीको औरही नगरपालिका वडा नम्बर–१ मा गए राति दुई छोरा–छोरीसहित आमाले पोखरीमा हाम फाल्दा दुवै छोरा–छोरीको डुबेर मृत्यु भएको छ ।

आमा घाइते भएका छन् ।महिलाले छोरा–छोरीसहित पोखरीमा हाम फालेको स्थानीयले थाहा पाएपछि तीनै जनालाई पोखरी बाहिर ल्याइएको थियो ।

पछि उपचारका लागि स्थानीय राधाकृष्ण अस्पताल लगिएपछि चिकित्सकले दुवै छोराछोरीलाई मृत घोषणा गरेको थियो ।

प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय विश्वजीत कर्णकी पत्नी २६ वर्षीया बन्दना कर्णले गए राति १० बजे गाउँमै रहेको  पोखरीमा  छोरी विद्या र आठ महीनाका छोरा अध्यान्सु सहित पोखरीमा हाम फालेकामा दुवै छोरा–छोरीको डुबेर मृत्यु भएको हो ।

घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।