काठमाडौँ : अफ्रिकी मुलुक कंगोमा विद्रोहीको आक्रमणमा परी एक जना नेपाली सैनिकको मृत्यु भएको छ।

त्यहाँ शान्ति सेनाका रूपमा खटिएका नेपाली सैनिक विद्रोहीको हमलाबाट मारिएका हुन्।

संयुक्त राष्ट्रसंघले विज्ञप्ति जारी गरी मंगलबार भएको विद्रोहीको आक्रमणबाट एक जना नेपाली सैनिकको मृत्यु भएको पुष्टि गरेको हो। तर उनको परिचय खुलाइएको छैन।

‘अपरेसन बाली’का क्रममा प्रमुख सेनानी निकिल कुँवरको कमान्डमा खटिएको नेपाली शान्ति सेनाको टोलीलाई मंगलबार विद्रोही मिलिसियाले आक्रमण गरेको हो।

त्यस क्रममा घाइते भएका एक जना नेपाली सैनिकको उपचारका क्रममा मृत्यु भएको हो।