बारा : मधेश प्रदेशको बारामा मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गएको छ । एकजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका ९ बस्ने ६० वर्षीय रामजनम यादव छन् ।

दुर्घटनामा सोही स्थानका बिरेन्द्र यादव गम्भीर घाइते भएका छन् ।

पूर्व–पश्चिम गण्डक नहर सडकअन्तर्गत बाराको पचरौता नगरपालिका–९ कुडवामा बिहीबार राति तेलकुवाबाट सिम्रौनगढतर्फ जाँदै गरेको बि.आर.०५ ए.एस. ७५८६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई नहरमा खस्दा दुर्घटना भएको हो ।

तीव्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रित भई नहरमा खस्दा दुवै जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

प्रहरी चौकी लंगडाको सहयोगमा घाइते दुवै जनालाई उपचारको लागी रोशन अली अस्पताल वीरगंजमा लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि उनीहरुलाई थप उपचारको लागी नेशनल मेडिकल कलेज वीरगंजमा भर्ना गरिएको थियो । उपचारकै क्रममा रामजनमको राति पौने एक बजे मृत्यु भएको डिएसपी थापाले बताए ।