काठमाडौँ : नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा भएको छ।

बिहीबार उनीहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

निर्वाचन आचार संहिता शुक्रबारदेखि लागू हुने भएपछि त्यसअघि नै सरकारले ठूलो संख्यामा सुरक्षाकर्मीसहित अन्य कर्मचारीको पनि सरुवा बढुवा गरेको हो।