एजेन्सी

मुम्बई : बलिउड अभिनेत्री सोनम कपूरको घरमा चोरीको भएको छ। अभिनेत्री सोनम र उनका श्रीमान आनन्द आहुजाको दिल्लीस्थित घरबाट करोडौंको गर–गहना र नगद चोरी भएको प्रहरीले जनाएको छ।

दिल्लीस्थित अमृत शेरगिलमार्गमा रहेको सोनम–आनन्दको घरबाट १ करोड ४१ लाख भारतीय रूपैयाँ बराबरको गर–गहना र नगद चोरी भएको हो।

उक्त घरमा आनन्द आहुजाका बुबा हरिष आहुजा, आमा प्रिया आहुजा र हजुरआमा सरला आहुजा बस्दै आएका थिए। सार्वजनिक रिपोर्ट अनुसार यो घटना गत फेब्रुअरीको हो ।

२३ फेब्रुअरीमा दिल्लीस्थित तुगलक रोड थानामा उजुरी दिइएको थियो, भने २३ फेब्रुअरीमा दिल्ली पुलिसले एफआईआर दर्ता गरेको थियो ।

जानकारी अनुसार २२ फेब्रुअरीमा आमा सरला आहुजाले आफ्नो गरगहना र नगद राखिएको झोला ९ब्याग० चेक गर्दा खाली भेटेकी थिइन्। उक्त झोलामा १ करोड ४१ लाख भारतीय रूपैयाँ बराबरको गर–गहना र नगद राखिएको थियो ।

अहिलेसम्ममा दिल्ली पुलिसले एफआईआर दर्ता गरेपछि २५ जना सहयोगी, ९ जना केयर टेकर, चालक र मालीसहित अन्य कर्मचारीलाई सोधपुछ गरिसकेको छ।

सरला आहुजाको घरमा केही पुराना कामदार छोडेर गएका छन्, भने उनीहरुको ठाउँमा नयाँ कामदारहरु आएका छन् । अहिले दिल्ली पुलिसले सीसीटीभी फूटेज हेरेर अनुसन्धान गरिरहेको बताएको छ ।

अभिनेत्री सोनम कपूर र आनन्द आहुजा भने मुम्बईमा रहँदै आएका छन् ।