काठमाडौं : आयोजना प्रभावितका लागि रिभर फल्स पावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले आइतबारदेखि आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका बासिन्दाका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको सात करोड बराबरको सात लाख कित्ता सेयर स्थानीयका लागि निष्कासन तथा बिक्री खुला गरेको जनाएको छ ।

साधारण सेयरमा आवेदकले १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।