नेपालगञ्ज : नेपालगञ्जमा कारको ठक्करबाट तीन जनाको मृत्यु भएको छ ।

प्रदेश ३०१ २३ च ८४८१ नम्बरको कारले नेपालगञ्जको वीपीचोक नजिक ठक्कर दिंदा हिँडिरहेका ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि इद्रिसीको मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ ।

घटना गएराती ११ बजेर ४५ मिनेट जाँदा भएको हो। कारले ठक्कर दिएलगत्तै घाइते भएका उनीहरुलाई त्यही कारमा राखेर चालकले नजिकैको नर्सिङहोम पुर्‍याएका थिए ।

१५ मिनेट पछि नै अस्पतालले तीनै जनालाई मृत घोषणा गरेको थियो । बाँके प्रहरीले कार र चालकलाई नियन्त्रणमा लिएको छ ।