सल्यान : सल्यानमा सोमबार बिहान जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। नेपालगन्जबाट सुत्केरी बोकेर बाग्चौर नगरपालिकाको थारमारे जाँदै गरेको सु.प.प्र ०१–००१ च ३२५८ नम्बरको जिप छत्रेस्वरी गाउँपालिका ६ चैबाँज्युला नजिकै दुर्घटनामा परेको हो।

दुर्घटनामा परी एकै परिवारका ६ जना र चालकसहित सात जना घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य रहेको छ।

घाइते हुनेमा बाग्चौर १० निवासी ४५ वर्षीय लिलमान बस्नेत, २९ वर्षीया सरिता बस्नेत, २५ वर्षीया सिर्जना बस्नेत, ५ वर्षीया प्रकृति बस्नेत र ७ दिने शिशु लगायत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

सात दिने शिशुको भने श्रीनगरस्थित परोपकार अस्पतालमा उपचार भइरहेको छ । जिप अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।