जनकपुरधाम : सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्युु भएको छ ।

सप्तरीको बिष्णुपुर गाउँपालिका २ सिमराहा बस्ने ईन्द्र देव यादवका ८ वर्षीय छोरा देवराज यादवको पोखरीमा डुबेर मृत्यु भएको हो ।

आफ्नै मामा घर जिल्ला सप्तरी राजगढ गाउँपालिका वडा नं.४ स्थित घर नजिकै रहेको सार्बजानिक पोखरीमा आइतबार दिउँसो नुहाउने क्रममा डुबेर घाइते भएका थिए ।

उनलाई गजेन्द्र नारायण सिहं अस्पताल राजबिराज सप्तरीमा लैजाने क्रममा बाटोम‌ै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

शवको कानुन बमोजिम मुचुल्का लगायत पोष्ट मार्टम समेतको कार्य सम्पन्न गरि अन्त्येष्टिको लागि आफन्तलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।