काठमाडौं :  फिलिपिन्समा उष्णीय (उष्णकटी बनधीय) आँधीका कारण आएको बाढीपहिरोमा परी कम्तीमा २५ जनाको ज्यान गएको छ ।

बीबीसीका अनुसार आज उद्धार टोलीले दक्षिणी तटमा फसेका मानिस निकाल्ने प्रयास गरिरहेका छन् ।

 

पूर्वीतटमा आँधी आएपछि १३ हजारभन्दा बढी मानिस उच्च स्थानमा भएका आश्रयस्थलतर्फ गएका छन् ।

भारी वर्षा र हावाहुरीले विद्युत् आपूर्ति अवरुद्ध भएको छ । बाढीपहिरोका कारण गाउँ हिलाम्मे भएका छन् ।

मध्य एवं दक्षिण फिलिपिन्समा आइतबार आएको ‘मेगी’ नामक आँधीको गति प्रतिघण्टा ६५ किलोमिटरसम्म थियो । फिलिपिन्स यस्ता आँधी बर्सेनि औसतमा २० पटक चल्ने गर्छन् । बीबीसी