धनुषा : मधेस सरकारको सिफारिसमा प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य भएको छ । मंगलबार मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेशसभाको दोस्रो बैठकमा सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुखबाट प्राप्त पत्र सदनमा पढेर सुनाएका थिए ।

मधेस सरकारको सिफारिसमा प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम मंगलबार राति १२ बजेदेखि आठौँ अधिवेशन अन्त्य गरिएको हो ।

आठौँ अधिवेशन मंसिर २९ गतेदेखि सुरु भएको थियो । यस चार महिनामा २० वटा बैठक भएको थियो । सो बैठकमा सरकारबाट तीनवटा विधेयक दर्ता भएको छ । र चारवटा विधेयक प्रदेशसभाबाट पारित भएको छ । भने एउटा विधेयक प्रमाणीकरण भयो ।

आठौँ अधिवेशनमा मंगलवारको दोस्रो बैठकबाहेक २८ घण्टा चलेको सभामुख यादवले सदनमा जानकारी गराएका थिए ।