काठमाडौं

भोजपुर : अरुण गाउँपालिका(१ रातमाटेमा भरुवा बन्दुक पड्किँदा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा ४७ वर्षीय सूर्य बहादुर खत्री रहेका छन्।

भरुवा बन्दुक पड्किँदा उनको पेटमा छर्रा लागेर मंगलबार राति मृत्यु भएको हो।

सोही गाउँपालिका(१ जलकेनिस्थित केदार खत्रीको गोठमा गई भरुवा बन्दुक चलाउँदा बन्दुक पड्किएर आफ्नै पेटमा छर्रा लागेर गम्भीर घाइते भएका उनको स्वास्थ्य चौकी प्याउली हुँदै जिल्ला अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।