मोरङ : मोरङमा दाजुभाइबीच अंश विवाद हुँदाको झडपमा परेर बाबुको मृत्यु भएको छ । बेलबारी नगरपालिका ७ बाहुनीमा अंशको निहुँमा दाजुभाइबीच झगडा हुँदा ६० वर्षीय जयबहादुर कार्कीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जयबहादुरका दुई छोरा बासुदेव कार्की र तीर्थ कार्कीबीच झडप हुँदा उनको मृत्यु भएको हो । घटना कसरी भयो भन्नेबारे प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।
दुई दुई छोराको झगडा झडपमा परिणत हुँदा घाइते भएका जयबहादुरको न्युरो अस्पतालमा मृत्यु भएको हो ।
Discussion about this post