कैलाली : कैलालीका एक युवकको आगोमा जलेर मृत्यु भएको छ।
आफ्नै शरीरमा आगो लगाएका कैलारी गाउँपालिका–२ मझेराका २९ वर्षीय अम्मर चौधरीले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गएराति अत्यधिक मादक पदार्थ खाएपछि उनले शरीरमा डिजेल छर्केर आगो लगाउँदा घटना भएको हो।
आगोले जलेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Discussion about this post