काठमाडौं : काठमाडौंको बेसिगाउँमा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा स्कुटरमा पछाडि सवार ओखलढुंगा घर भएका १८ वर्षीय दिपेन दाहाल रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिहीबार अपरान्ह पौने ४ बजे उपचारका क्रममा जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो ।
घाइते भएका स्कुटर चालक र स्कुटरमा पछाडि सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
जोरपाटीबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा ३ ख १३१८ नम्बरको बसले बिपरित दिशाबाट आउँदै गरेको ३ जना सवार बाग्मती प्रदेश ०२–०१२ प ५३२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
Discussion about this post