काठमाडौं : पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा १० जना कोभिड १९ संक्रमित थपिएका छन् । आज काठमाडौंमा ९ र भक्तपुरमा १ जना संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ७६ पुगेको छ ।

आज देशभर होम आइसोलेसनमा ४१९ र १९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये आईसीयूमा ९ र भेन्टिलेटरमा १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।