राजविराज : सप्तरीको बोदे बरसाईन नगरपालिका(१० अमरैयामा आज ९शुक्रवार० दिउँसो आगलागि हुँदा एक जना बालकको जलेर मृत्यु भएको छ ।

स्थानिय शत्रुधन यादवको घरबाट अचानक शुरु भएको आगलागीमा परेर उनकै ११ वर्षीय छोरा शैलेश कुमार यादवको मृत्यु भएको हो ।

आगलागिको बेला शैलेश घरभित्रै फसेको र परिवारका मान्छेलाई सोबारे जानकारी नभएकोले जलेर मृत्यु भएको स्थानियले जनाएको छ । आग्लागिमा यादवसहित छिमेकीहरु ओम यादव र मिन्टु यादवको एक-एक वटा घर जलेको स्थानियले बताएको छ । सो आगलागिमा के कति क्षति भएको हो भन्ने बारे तथ्यांक संकलनका कार्य भइरहेको प्रहरीले जनाएको छ ।