सप्तरी : सप्तरीको रूपनी गाउँपालिका–५ मुसहरनिय बसबिटीमा गएराति ट्रयाक्टर पल्टिदा चालकको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक स्थानीय २८ वर्षीय रविन्द्र यादवलाई उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा घाइते भएका ट्रयाक्टरमा सवार स्थानीय ७१ वर्षीय भरत यादव र उनका १७ वर्षीय नाति सुभाषकुमार यादवको रूपनीस्थित युनिक अस्पतालमा उपचार भइरहेको छ ।

खाडो खोलाको डिलबाट गहुँ लोड गरी बसबिटी गाउँतर्फ आउँदै गरेको स १ त ५१ ५४ ट्याक्टर गएराति साढे १० बजे नियन्त्रण गुमाएर पल्टिएको थियो ।