सर्लाही : साइकलको ठक्करबाट सर्लाहीमा वृद्धको मृत्यु भएको छ ।

शनिबार साँझ मलंगवा नगरपालिका १० जि.वि.स.चोक स्थित सोही स्थानका राममोहोन पंडितका छोरा १४ वर्षीय जित कुमार पंडितले चलाएको साईकलको ठक्करबाट कविलासी नगरपालिका ५ का ६८ वर्षीय अच्छेलाल राय यादवको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले साइकलको ठक्करबाट घाईते भएका रायलाई उपचारको लागी ओम अस्पताल मलंगवामा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए ।

ठक्कर दिने साइकल र साईकल चालक प्रहरीको नियन्त्रणमा रहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।