काठमाडौँ : सातौँ कृषि गणना आजदेखि सुरु भएको छ । कृषक परिवारको विवरणसँगै कृषि कर्मका हरेक विषय समेट्ने गरी थालिएको हो ।

नेपालमा विसं २०१८ देखि केन्द्रीय तथ्याङ्क विभागले हरेक १०-१० वर्षमा राष्ट्रिय कृषि गणना सञ्चालन गर्दै आएको छ ।

कृषि क्षेत्रको वास्तविक तथ्याङ्क पत्ता लगाउँदै यसको आधुनिकीकरण एवं व्यावसायीकरणलाई समेत जोड दिने सरकारको लक्ष्यअनुरूप २०७८ चैत २५ देखि वैशाख २ गतेसम्म तथ्याङ्क सङ्कलन गरिएको थियो ।

आगामी जेठ १९ गतेसम्म गणना जारी रहने छ ।