काठमाडौँ : ‘मिस नेपाल २०२२’का लागि आवेदन खुला भएको छ ।

‘द हिडन ट्रेजर’ले सोमबार पत्रकार सम्मेलन गर्दै आगामी नयाँ संस्करणका लागि आवेदन खुला गरेको जानकारी दिएको हो ।

सो प्रतियोगितामा सहभागी हुनको लागि सोमबारदेखि वैशाख ३१ सम्म आवेदन दिन सक्नेछन् । जसको लागि मिस नेपालको आफ्नै वेबसाइटमार्फत् निःशुल्क रूपमा आवेदन दिन सकिनेछ ।

सहभागी हुनको लागि उचाइ ५ फिट ३ इन्च र उमेर ८ देखि २७ वर्ष हुनुपर्ने छ ।

अडिसन काठमाडौँलगायत धरान, वीरगञ्ज, धनगढी, नेपालगन्ज, पोखरा र सुर्खेतमा हुनेछ  । आयोजकका अनुसार काठमाडौैँमा भने वैशाख ९ देखि २७ सम्म अडिसन हुनेछ ।

अन्य सहरमा हुने अडिसनका लागि निश्चित मिति र स्थान छिट्टै तय गरिने आयोजकले टिमले जनाएको छ। हिडन ट्रेजरले मिस नेपाल २०२२ को फाइनल भने असार ४ मा ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गर्ने भएको छ ।