उमेश कुमार साह ६ बैशाख , मंगलबार
बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि राजनीतिक बृत्तमा उम्मेदवारहरुको चर्चा शुरु भएको छ ।
स्थानीय सरकार का जनप्रतिनिधी कस्ता चयन गर्ने भन्ने विषयमा जनतामा चासो र चिन्ता पनि छ । जनता प्रति ईमानदार जनताको सेवक समग्र समाजको भावी रणनिती र विकास गर्न सक्ने एक कुशल नेतृत्व चयन गर्न जनता आतुर रहेका छन । यसै बीच बोदे बर्साईन नगरपालिका वडा नं १० मा नेकपा एमालेबाट वडा अध्यक्षमा भोला प्रसाद सेठको चर्चा व्यापक छ । विद्यार्थी राजनीतिबाट शकृय हुँदै हाल नेकपा एमाले केन्द्रबाट राजनीतिमा निखारिएका नेता भोला प्रसाद सेठले बोदे बर्साईन नगरपालिका वडा नम्बर १० खडगपुरबाट उमेदवारी दिने बताएका छन।
नेता सेठ हाल नेकपा एमाले केन्द्र बोदे बर्साईन नगरपालिका वडा नम्बर १० को वडा कमिटीकाको जिम्मेवारी समेत निर्वाह गर्दै आएका हुन्।
समाजलाई समतामूलक बिकासको लागी आफ्नो उमेदवारी अपरिहार्य रहने उनले इच्छा जाहेर गरेका हुन्।
अब राजनीतिमा एमाले पार्टीका नेताकार्यकर्ताको भुमिका तादुरुकताको साथ अगाडि बढने स्थानीय पत्रकारहरुसंग कुरा राखेका थिए।आफू बोदे बर्साईन नगरपालिका वडा नम्बर १० का लागी उपयुक्त उमेदवार हु भन्दै इच्छा जाहेर गरेका हुन् ।नेकपा एमाले केन्द्रले आउने पुस्ताको नेतृत्वमा सहागीताको भुमिका अत्यधिक बढाउनु पर्ने पार्टी संग अनुरोध गरेका छन्।
युवा जमातमा लोकप्रिय रहेका सेठलाई स्थानिय जनतादेखि पार्टीपङ्ग्ति सबै तिरबाट साथ मिल्ने अपेक्षा उनको पक्षमा खुलेर लागेका युवाहरु बताउँछन् ।
नेतृत्व क्षमता, सामाजिक कार्यमा सकृयता, जनगुनासो सुन्ने र समस्या पहिचान गर्दै समाधानमा लाग्ने, मिलनसार, सहयोगी स्वभाव अनि अग्रजप्रतिको सम्मान र अनुजप्रति उनले देखाउने भोला प्रसाद सेठ वडा अध्यक्ष पदको लागि मुख्य कडी बन्ने देखिन्छ । पार्टीले अबसर दिएको खण्डमा आफु वडाको नेतृत्व लिन तयार भएको सेठ बताउँछन् । उनि समाजसेवीको रुपमा समेत वडामा परिचित छन्।
आफनो उमेदवारी सम्पुर्ण बर्ग समुदायको हितमा हुने उनले बताए। नेता भोला प्रसाद सेठ पार्टीको सकृय नेताको भुमिका निर्वाह गर्दै आएका हुन्।उनले नेकपा एमाले केन्द्रका हरेक आन्दोलनमा अग्रनी भुमिका निर्वाह गर्दै आएका छन्। नेता सेठका अनुसार बोदे बर्साईन नगरपालिका १० का लागी आफू पनि वडा अध्यक्षको लागी दाबेदार रहेको पार्टी संग अनुरोध गरेका हुन्।
मेरो पहिलो चुनौति भनेको प्रचारप्रसारमा कमी छ । धेरै पार्टी एकता गर्दा उम्मेद्वारी दिन केही ढिलो भयो । हाम्रो एकता के का लागि भनेर जनतासम्म जाने र चुनाव चिन्ह स्पष्ट बुझाउने कुरामा समस्या छ । यो अर्को चुनौति हो । केही पार्टीहरुको लामो समयदेखिको दबदबा छ । यो दबदबालाई चिर्दै अघि बढ्नु मेरो चुनौति ठानेको छु ।
– “भौतिक योजनाको सुनिश्चितता, अबको विकास आर्थिक बिकास” भन्ने हाम्रो मूल नारा हो । “अरुले गर्छन् कुरा हामी गर्छौ पूरा” भन्ने हाम्रो पहिलो एजेण्डा हो । हामीले वडामा जनतालाई आफ्ना एजेण्डा बुझाएर हाम्रो पालामा नै समृद्धि सम्भव छ भन्ने बुझाउँदै विकास निर्माणलाई उच्च प्राथमिकता दिनेछु । संघीयता, जातीय विभेद र वर्गीय विभेद अन्त्य गर्दै बोदे बर्साईन नगरपालिका वडा नम्बर १० लाई नमूना गाउँ बनाउन म लाग्नेछु ।
बोदे बर्साईन नगरपालिका वडा नम्बर १० लगायत नगर क्षेत्रका प्रत्येक धर्म, संस्कार, संस्कृति, मौलिक संरक्षण र सम्बर्दन समानताका आधारमा अघि बढाउन, नगरमा हुने चन्दा आतंक, भ्रष्टाचार मुक्त क्षेत्रको रुपमा बिकास गरेर पारदर्शी बनाउने छु।
हाम्रो वडालाई सुन्दर, सफा, स्वच्छ, आधुनिक, हरित शहर निर्माण गर्ने योजना सहित मेरा उम्मेद्वारी आएको हो ।
Discussion about this post