काठमाडौँ : मौसम अनुकूल नहुँदा विभिन्न स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न थालेको भन्दै विज्ञहरूले विशेष सतर्कता अपनाउन जोड दिएका छन् ।
जलवायुजन्य परिवर्तनका कारण पछिल्लो समय नेपालमा मौसम एकनासको हुन नसकेको र यसले मानवस्वास्थ्यमा गम्भीर असर पार्न थालेको भन्दै विज्ञहरुले सतर्कता अपनाउन जोड दिएका हुन् ।
अल्का अस्पतालका जेनेरल फिजिसियन डा। प्रेम पाण्डेले अहिले मौसम परिवर्तन भइरहेको र यसले बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाको स्वास्थ्यमा गम्भीर असर पार्ने भएकोले त्यसतर्फ सचेत रहन आग्रह गरे ।
उनले मौसम परिवर्तनका कारण दम, सुगर र मुटुका रोगीहरुलाई पनि स्वास्थ्यमा असर गर्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरे । मौसम परिवर्तनका कारण श्वासप्रश्वासमा समस्या, रुघाखोकी लाग्ने, डाइरिया हुने लगायतका समस्या देखिरहेको भन्दै उनले सचेत हुनुपर्ने बेला आएको बताए ।
‘अहिलेको मौसम चेन्ज भइरहेको छ । जाडोबाट गर्मी हुँदै आइरहेको छ । पोलुशन हाई लेभलमा छ । विशेष गरेर काठमाडौंमा ।
यस्तो बढी बिरामीहरुलाई मार पर्ने भनेको बुढापाकाहरु जुनमा दम हुन्छ, मुटुको रोगी हुन्छ, सुगरको रोगीहरु हुन्छ, तिनीहरुलाई बढी असर पारेको छ ।
तिनीहरुको श्वासप्रश्वासमा समस्या, रुघाखोकी लाग्ने, डाइरिया, हुने लगायतका समस्या देखिरहेका छन् । वृद्धवृद्धा, बालबालिका, गर्भवती महिलामा इम्युन कमी हुन्छ ।
यस्तो मान्छेलाई मौसम परिवर्तनका कारण झाडापखाला, जस्ता धेरै रोग लाग्ने चान्स हुन्छ । यस्तो मान्छेलाई सकेसम्म खानेकुरामा ध्यान दिनुपर्छ ।
पोलुशनहरुमा नहिँड्ने । पानी तताएर खाने, बाहिरको खाना सकेसम्म नखाने । प्रेसर,सुगरका बिरामीहरुले औषधि नियमित सेवन गर्ने गर्नुपर्छ’ उनले भने ।
डा। पाण्डेले अहिले जलवायु परिवर्तनका कारण मौसम अनुकूल नरहेको भन्दै दीर्घरोगी, बालबालिका, वृद्धवृद्धाले विशेष सावधानी अपनाउनु पर्ने बताए ।
पछिल्लो समय नेपालको काठमाडौंसहित अन्य शहरी क्षेत्रको वातावरण स्वास्थ्यवद्र्धक नरहेको विज्ञहरूले बताउँदै आएका छन् ।
केही समयअघि विश्वका प्रमुख शहरहरुको रियल टाइम एअर पोलुसनबारे अध्ययन गर्ने वेबसाइट (आईक्यूएअर) डटकमका अनुसार केही दिनअघि काठमाडौंको वायु प्रदूषण खतराको बिन्दुमा पुगेको थियो ।
Discussion about this post