काठमाडौं : दुई कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । यति बेला ग्रीन भेन्चर्स र दिव्यश्वरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

यो समाचार तयार गर्ने बेलासम्म ग्रीन भेन्चर्सको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३६ रुपैयाँले वृद्धि भई ३९६ रुपैयाँ ८० पैसा कायम भएको छ ।

यस्तै, यति बेला दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य पनि ६.२ प्रतिशत अर्थात प्रतिकित्ता १४ रुपैयाँ ७० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य २५८ रुपैयाँ ८० पैसा कायम भएकोछ ।