जनकपुरधाम : जसपाबाट फेरि मेयरको टिकेट नपाएपछि धनुषाको गणेशमान चारनाथ नगरपालिकाका निवर्तमान मेयर रामबाबु यादव लोसपामा प्रवेश गरेका छन् ।

आइतबार दिउँसो उनी लोसपामा प्रवेश गरेका हुन् ।

उनलाई लोेसपाका प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरिया र मधेश प्रदेश लोसपा संसदीय दलका प्रमुख सचेतक परमेश्वर साहले माला र टिका लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

यादव २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरम निर्वाचित भएका थिए ।

आइतबार बिहान जनकपुरको राजदरबार होटेलमा जसपाको टिकेट वितरणको लागि कुटाकुट भएको थियो ।