काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा नेपाली काँग्रेसबाट मेयर पदका आकंक्षीलाई रामधुलाई भएको छ ।

टिकट वितरण सम्बन्धी विवादमा मेयर पदका दाबेदार रोशन पाण्डेलाई अर्का आकांक्षी कुन्साङ लामाले कुटपिट गरेका हुन् ।

कुटपिटबाट घाइते पाण्डेको शीर मेमोरियल अस्पताल, बनेपामा उपचार भइरहेको छ ।

आइतबार साँझ बनेपा भिलेज रिसोर्टमा गठबन्धनको बैठक बसिरहेको बेला एक्कासी लामाले कुटपिट गरेको पाण्डेले बताए ।

पाण्डेले आफूलाई किन लामाले हिर्काए भन्ने थाहा नभएको उनको भनाइ छ ।

पाण्डे कांग्रेस नेता गणेश लामा पक्षधर मानिन्छन् भने कुन्साङ लामा तीर्थ लामा पक्षका हुन् ।

उनले लामाविरुद्ध जिल्ला प्रहरी कार्यालय, धुलिखेलमा किटानी जाहेरी दिने तयारी गरेका छन् ।

प्रतिक्रिया!!

सम्बन्धित खबर