१३ बैशाख : उमेश कुमार साह बोदे बर्साईन

सप्तरी : सप्तरी जिल्लाकाे बोदे बर्साईन नगरपालिका वडा नं ५ बोदे बर्साईनका निवर्तमान वडा अध्यक्ष पद मा मो.मोजिबुर रहमान भावी उमेदवार काे रुपमा चर्चित रहेको पाइन्छ ।

जनता समाजवादी पार्टी बाट बोदे बर्साईन नगरपालिका वडा नं ५ काे वडा अध्यक्ष मा रहमान दोस्रो पटक वडा अध्यक्षपदमा चुनाव लड्न काे लागि तयारी गरिरहेकाे रहमान बताउनु भएको छ । सबै वडा बासीहरुमा अवगत नै रहेको कुरा हाे ।

जनता समाजवादी पार्टी बाट बोदे बर्साईन नगरपालिका र वडा भित्र राजनीति गरिरहेकाे पाइन्छ । सर्वसाधारण जनताको लागि मेराे तर्फबाट के कस्तो प्रकारकाे सहयोग गर्न सधै तयार रहेको छु ।

अाम जनताको सुखदुःखलाई अाफ्नाे सुखदुःख जस्तै अनुभव गरिरहेकाे छु । वडा वडा भित्र रहेको समस्यालाई विस्तारै विस्तारै सबै मिलेर नियन्त्रण गर्नु पर्छ ।

रहमानले भन्नू भयो ” शिक्षा , स्वास्थ्य , खानेपानी , सडक , सुरक्षा काे विषयमा विशेष खालकाे रुपमा परिवर्तन ल्याउने प्रयास गर्ने छु । वडा अध्यक्ष पद मा म मो. मोजिबुर रहमानलाई जिताउनुस ।

जसपा पार्टीबाट वडा अध्यक्ष पदमा मो. मोजिबुर रहमानले उम्मेदवारी दर्ता गराएका हुन् । उनी सहित सदस्यहरुमा हरि नारायण यादव , मो. हजरत , कविता देवी मण्डल, जुरमी देवी दासले उम्मेदवारी दर्ता गराएका हुन् ।