काठमाडौं : निर्वाचन आयोगले वैशाख ३० हुने स्थानीय निकायको निर्वाचनका लागि आजबाट मतपत्र ढुवानी सुरु गर्ने भएको छ।

हेलिकोप्टर, कन्टेनर, ट्रकलगायत सवारी साधनबाट मतपत्र ढुवानी गरिने आयोगले ज नाएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत मतपत्र छपाईको काम सकिएको र बाँकी मतपत्रको छपाई कार्य जारी रहेको बताए। हालसम्म ६८ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मत पत्र छाप्ने काम सकिएको आयोगले जनाएको छ।

आयोगले स्थानीय तह निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ।