एजेन्सी

काठमाडौं : भारतमा एउटा समोसकाको कारण बुवा र छोराले मिलेर एक युवकको हत्या गरेको छ ।

भारतको भोपालमा एक ‘चियास्टल’मा पसलेलाई नसोधी समोसा झिकेर खाएपछि स्टल सञ्चालक र उनका छोराले युवकको हत्या गरेका हुन् ।

आरोपीतले रक्सीले मातेका युवकले सोध्दै नसोधी समोसा झिक्दा प्रतिवाद गरेको र उल्टै झगडा गरेपछि चिया पकाउने भाँडाले हानेको बताएका छन् ।

स्टल सञ्चालकले भाँडाले र उनका छोराले लौरोले हानेपछि युवकको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

हरि सिंह र उनका छोरा सियारामले समोसा झिकेर खाएपछि विनोद अरिवरको हत्या गरेका हुन्।