काठमाडौँ : भारतमा पुनः कोभिड–१९ को संक्रमण बढ्न थालेको छ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २ हजार ९२७ नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा भारतको दिल्लीमा सबैभन्दा धेरै १ हजार २०४ नयाँ संक्रमित थपिएका छन्।

उक्त अवधिमा संक्रमणको कारण ३२ जनाको मृत्यु पनि भएको छ।

भारतमा अहिलेसम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ६५४ पुगेको छ।

त्यस्तै सक्रिय संक्रमितको संख्या पनि १६ हजार २७९ पुगेको छ।