बारा : लागूऔषध नाइट्रोभेट सहित बाराबाट एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं। २ का २० वर्षीय अनिष श्रेष्ठ रहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

श्रेष्ठलाई लागूऔषध नाइट्रोभेट ६० पिस सहित पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले जानकारी दिए ।

श्रेष्ठलाई बारा जिल्ला अदालतबाट लागू औषध मुद्दामा म्याद लिई थप अनुसन्धान थालेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।