काठमाडौं :  सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका-४ टासिङ्गा डेरा गरी बस्ने महाकुलुङ गाउँपालिका बुङ घर भएका ५५ वर्षीय लाटा काइला भन्ने पुरूष आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन्।

यस्तै सिन्धुली कमलामाई नगरपालिका-६ स्थित बसपार्क प्रतिक्षालय नजिक सोही नगरपालिका-४ घर भएका ५५ वर्षीय बुद्ध बहादुर स्याङबो बिहीबार मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

उता धनुषाको जनकपुर उपमहानगरपालिका-४ राम मन्दिरस्थित पिपल बोट छेउमा पहिचान खुल्न नसकेका अन्दाजी ६० वर्षीय पुरुष बिहीबार मृत फेला परेका छन्। सबै घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।