काठमाडौँ : वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने भन्दै विभिन्न व्यक्तिहरुबाट नौ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको बीरगञ्ज महानगरपालिका–५ घर भइ हाल ललितपुर ठेचो बस्ने वर्ष ३३ को विकास तामाङ र ६० वर्षीय हरिबहादुर तामाङ रहेका छन्।

उनीहरुले काठमाडौंको शान्तिनगर बस्ने विक्रम मिश्रसमेत पाँच जनालाई वैदेशिक रोजगारीमा संयुक्त अरब इमिरेट्स पठाइदिने भन्दै प्रतिव्यक्ति एक लाख ९० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको अपराध अनुसन्धान महाशाखाले जनाएको छ।

पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।