धनगढी : कैलालीमा तीन दलीय गठबन्धनले बागी उम्मेदवारी दिनेमाथि कारबाही गरेको छ।

स्थानीय तहको निर्वाचनका लागि तीन दलीय गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले धनगढीमा पत्रकार सम्मेलन गर्दै संयुक्त रुपमा बागी उम्मेदवारी दिनेहरुमाथि कार्बाही गर्ने निर्णय गरिएको जनाएको हो।

गठबन्धनको निर्देशन विपरीत मनोनयन दर्ता गर्ने उम्मेदवारहरु आफ्ना अधिकारिक उम्मेदवार नभएको तीन दलले जनाएका छन्।

कारबाहीमा पर्नेहरुमा एकीकृत समाजवादीका एक, नेपाली कांग्रेसका दुई र माओवादी केन्द्रका पाँच उम्मेदवार छन्।

कैलालीमा गठबन्धनको निर्देशनविरुद्ध बागी उम्मेदवारी दिएर कारबाहीमा पर्ने उम्मेदवार यी हुन्