काठमाडौँ :  नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १५२ पुगेको छ।

बुधबार १८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा २ हजार ३७३ पीसीआर तथा १ हजार ४४८ एन्टिजेन परीक्षण भएको छ।