काठमाडौँ : उत्तर प्रदेशको ललितपुरमा उजुरी दिन गएकी १३ वर्षीया बालिकालाई प्रहरी चौकीका इञ्चार्जले फेरि बलात्कार गरेको आरोप लागेको छ।

बालिकाले आफूलाई चार जनाले बलात्कृत गरेको आरोप लगाउँदै आफन्तसहित प्रहरी चौकीमा उजुरी दिन पुगेकी थिइन्।

आरोपित प्रहरी अधिकृत स्टेसन हाउस अफिसर तिल

उत्तर प्रदेशको ललितपुरमा उजुरी दिन गएकी १३ वर्षीया बालिकालाई प्रहरी चौकीका इञ्चार्जले फेरि बलात्कार गरेको आरोप लागेको छ।

बालिकाले आफूलाई चार जनाले बलात्कृत गरेको आरोप लगाउँदै आफन्तसहित प्रहरी चौकीमा उजुरी दिन पुगेकी थिइन्।

 

कधारी सरोज पक्राउ परेका छन्। घटना भएको प्रहरी चौकीमा तैनाथ सबै प्रहरीलाई ड्युटीबाट हटाइएको छ। डीआईजी तहका अधिकारीले घटनाको अनुसन्धान गरी २४ घण्टाभित्र प्रतिवेदन बुझाउने बताइएको छ।

बालिकालाई चार जनाले प्रलोभनमा पारेर अप्रिल २२ मा ‘भोपाल’ लगेर चार दिनसम्म बलात्कार गरेको बालिकाका बुबाले मंगलबार दायर गरेको एफआईआरमा उल्लेख छ।

त्यसपछि आरोपित प्रहरी चौकीका इञ्चार्जले बालिकालाई उनकी काकीलाई सुम्पिदिएका थिए। एफआईआरमा भनिएको छ, बालिकालाई उनको बयान रेकर्ड गर्न अर्को दिन पुलिस स्टेसनमा बोलाइएको थियो।

भोलिपल्ट, अभियुक्त अधिकारीले बालिकालाई उनकी काकीको उपस्थितिमा प्रहरी चौकीको एउटा कोठामा लगेर बलात्कार गरेको बताइएको छ।
एफआइआरमा युवतीको काकीलाई पनि अभियुक्तको रुपमा राखिएको छ।

ललितपुर प्रहरीले ती अधिकारीलाई जबर्जस्ती करणी गरेको र पोक्सो ९प्रोटेक्सन अफ चिल्ड्रेन फ्रम सेक्सुअल अफेन्सेस० ऐनअन्तर्गत मुद्दा चलाएको जनाएको छ।

‘एसएचओ निलम्बनमा छन् र उनी अपराधी हुन्। त्यसैले हामीले उनलाई पक्राउ गर्न टोली बनाएका छौँ। एउटा एनजीओले एक बालिकालाई मेरो कार्यालयमा ल्याएको थियो। उनले उनीहरूलाई आफ्नो विवरण दिएकी थिइन्। मलाई थाहा भएपछि मैले मुद्दा दर्ता गर्ने सुनिश्चित गरेँ।

ललितपुरका प्रहरी प्रमुख निखिल पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।’

कांग्रेस नेता प्रियंका गान्धीले ट्वीटरमा भनेकी छन्,‘ललितपुरकी १३ वर्षीया बालिकाको सामूहिक बलात्कार र त्यसपछि उजुरी दिन गएका प्रहरी इञ्चार्जले गरेको बलात्कारले ‘बुलडोजर’को नारामा कानुन व्यवस्था सुधारलाई कसरी दबाइन्छ भन्ने देखाउँछ। महिलाका लागि प्रहरी चौकी सुरक्षित छैनन् भने उजुरी दिन कहाँ जानेरु’