काठमाडौं : सरकारले पछिल्लो ६ महिनाको अवधिमा मात्रै करिव साढे पाँच लाख नेपाली नागरिकता वितरण गरेको छ ।

गृह मन्त्रालयका अनुसार पछिल्लो कात्तिक महिनादेखि चैत मसान्तसम्म ६ महिनाको अवधिमा पाँच लाख ४७ हजार सात सय ९१ नेपाली नागरिकता वितरण गरिएको हो ।

जस अनुसार यस अवधिमा मात्रै १६ हजार एक सय ५२ जनालाई वैवाहिक अंगीकृत नागरिकता वितरण गरिएको छ भने ८२ जनालाई अंगिकृत नागरिकता वितरण भएको मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।

उनका अनुसार यी मुलुकभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट नागरिकता विवरण हो ।

यसै अवधिमा ३३ जनाको नेपाली नागरिकता बदर तथा रद्द गरिएको छ भने तीन जनालाई नेपाली नागरिकबाट हटाइएको तथा ७९ जनाको नागरिकता परित्याग गरिएको गृह मन्त्रालयले जनाएको छ ।