बर्दिया : मदिरा पिएर श्रीमतीलाई कुटेर घरबाट हिँडेका एकजनाको मृत्यु भएको छ । बर्दियाको बढैयाताल गाउँपालिका–८ शितलाबजार बस्ने काजीमान तन्डुकारले बिहीबार राति श्रीमती वीरमायालाई कुटपिट गरेका थिए ।

कुटपिट गरी गम्भीर घाइते बनाएर तन्डुकार घरदेखि केही पर अचेत अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल गुलरियामा ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरी प्रवक्ता एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

कुटपिटबाट घाइते भएकी तण्डुकारकी श्रीमतीलाई उपचारका लागि शिक्षण अस्पताल नेपालगगञ् लगिएको प्रहरीले जनाएको छ ।