काठमाडौं : नेकपा एकीकृत समाजवादीबाट झापाको गौरीगन्ज गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका भूपनारायण राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन्।

उम्मेदवारी फिर्ता लिँदै उनी एमालेमा प्रवेश गरेका हुन्। राजवंशीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीमा स्वागत गरेका छन्।

उनले आफूले गलत पार्टी रोजेको भन्दै पुरानै पार्टीमा फर्किन चाहेको बताएका छन्। उनले माधवकुमार नेपालले निजी स्वार्थका कारण पार्टी फुटाएको र आफूले उक्त कुरा बुझिसकेपछि एकीकृत समाजवादी परित्याग गर्ने निर्णय गरेको बताएका छन्।