इक्वेडर : इक्वेडरको एक जेलमा भएको भयानक हिंसात्मक घटनामा परी सोमबार कम्तीमा ४४ कैदीको मृत्यु भएको छ।

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार घटनामा परी अन्य १०० भन्दा बढी कैदीहरू भाग्न सफल भएका छन्।​

क्विटोबाट करिब ८० किलोमिटर टाढा इक्वेडरको मध्यभागमा अवस्थित सान्टो डोमिङ्गो डे लस कोलोराडोसको बेलाभिस्टा जेलभित्र प्रतिद्वन्द्वी लस लोबोस र आर ७ गिरोहबीच झगडा भएको अधिकारीहरूले बताएका छन्।

जेलमा जारी हिंसाका क्रममा १०८ कैदी फरार भएका छन् भने जेलबाट भागेका ११२ जनालाई पुनः पक्राउ गरिएको प्रहरी प्रमुख फाउस्तो सलिनास्ले जानकारी दिए। रासस