काठमाडौँ :  कैलालीबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ।

बिहीबार बिहान डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटना भएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा बसमा सवार ३० जना घाइते भएका छन्। उनीहरूमध्ये सामान्य घाइते भएकाहरूको स्थानीय क्लिनिकमा र अन्यलाई जिल्ला अस्पताल डोटी लगिँदै गरेको प्रहरीले जनाएको छ।

घटनाबारे विस्तृत विवरण अझै आउन भने बाँकी छ।