कसरी लोकप्रिय हुँदैछ ‘ग्रीन डेटिङ’
विश्व वातावरण दिवस जुन ६ मा विश्वभर मनाइन्छ । यस वर्ष दम्पतीहरूले वातावरणको बारेमा चेतना जगाउन सचेत रूपमा योगदान गरिरहेका छन् ।
अनलाइन डेटिङ रोज्ने व्यक्तिमध्ये धेरै जसले बाहिरी घुमघाममा जान रुचाउँछन्, उनीहरुले कि पार्क वा छिमेकमा सक्रिय रूपमा हिँड्ने रुचाउने बताएका छन् ।
यसबाहेक, मानिसहरूले एकअर्कालाई दिगो उपहार दिन, राम्रो भोलिको लागि सुरक्षित वातावरणको लागि प्रचार गर्दै ‘ग्रीन डेटिङ’ लाई बढाउन चासो देखाएका छन् ।
आफ्नो ‘डेट’ मा पर्यावरण–मैत्री उपहार दिनुहोस्
उपहार दिने तरिकामा पर्यावरण मैत्री उपहार दिन सकिन्छ । तपाइँको डेटमा पुनः प्रयोग हुनसक्ने कफी कप, वातावरणमैत्री झोला वा इनडोर बिरुवाहरू उपहार दिनु राम्रो विचार हो । किनकी, यसले उनीहरूलाई वातावरण प्रवर्द्धन गर्ने बाटोमा हिँड्न प्रोत्साहित गर्नेछ । साथै यि उपहारहरु विशेष पनि हुन्छन् ।
पार्टनरलाई पिकनिकमा लैजानुहोस्
तपाईंले घाँसमा ओछ्यान लगाएर बसेर साथीहरूसँग पिकनिकमा खाने ड्राई खाना ल्याउनुभएको अन्तिम पटक कहिले थियो ? बजारमा आलीशान क्याफेहरू र भव्य रेस्टुरेन्टहरू जतिपनि छन् ।
तर, बाहिरी बगैँचा पिकनिक तपाईँको पार्टनरलाई विशेष हुन सक्छ । किनकी, यसले पक्कै पनि तपाईंको वातावरण–सचेत ‘डेट’ लाई प्रभाव पार्नेछ । तपाइँ बगैँचा पिकनिकको लागि लागि बायो–डिग्रेडेबल कप र प्लेटहरू प्रयोग गर्न नबिर्सनुहोस् ।
तपाईँ क्याफेमै रोज्नुहुन्छ ?
यदि तपाईं र तपाईंको पार्टनरलाई रेस्टुरेन्टमा नै बसेर खान रुची लाग्छ भने तपाईँ खाना मौसमी उत्पादन गर्ने र शरीरलाई नकारात्मक प्रभाव कम पार्ने खानेकुरा भएका रेष्टुरेन्ट रोज्न सक्नुहुन्छ ।
जसले स्थानीय र दिगो रुपमा चल्न सहयोग हुनेगरि व्यवसायलाई सहयोग गर्नुहुनेछ । स्थानीय उत्पादनलाई परिकार बनाउने व्यवसायले नयाँ तथा रचनात्मक उत्पादनबाट तपाई र तपाईँको पार्टनरलाई आनन्द दिन सक्नेछन् ।
हिँडेर वा साइकल चलाइर ‘डेट’जानुहोस्
कार, मोटरसाइलमा बसेर ‘डेट’ जाँदा लामो समय ट्राफिकमा फसेर बोर भएको अनुभव पक्कै तपाइँसँग छ ।
बोरिङ ‘डेट’ यात्राबाट छुटकारा पाउन तपाइँ र तपाइँको पार्टनरले साइकल चलाउने साहसिक कार्यमा आफ्नो ‘डेट’ को लागि समय निकाल्न सक्नुहुन्छ । यसले तपाईको कार्बन फुटप्रिन्टलाई मात्र कम गर्दैन, तर एक सक्रिय र स्वस्थ जीवनशैली प्रारम्भ गर्नेछ । जुन, ‘डेट’ ले तपाईँ दुबैलाई स्वास्थ बन्न समेत प्रभावित गर्नेछ ।
समुद्र तट वा नदी किनारमा ‘डेट’ को लागि तयार हुनुस्
यदि तपाइँ आफ्नो ‘डेट’ को समय केही भनेपनि वातावरण सफाइमा योगदान गर्न चाहनुहुन्छ भने नदी किनार वा समुन्द्री तटका प्रदूषण–मुक्त स्थान उपयुक्त हुन सक्छ ।
तपाईं र तपाईंको पार्टनर नदी किनारा वा समुद्र तटहरू सफा गर्दै एक अर्कालाई अझ नजिकबाट अनुभुत गर्न सक्नुहुन्छ । यसले तपाइँ दुबै वातावरणीय रूपमा सचेत हुनुहुन्छ भन्ने पनि प्रमाणित गर्नेछ ।
Discussion about this post