सप्तरी सम्वाददाता: उमेश कुमार साह (सप्तरी ) : खुला दिसामुक्त अभियानकै क्रममा पूर्ण सरसफाइका सूचकहरु पूरा गरी सफा गाउँ र सफा बजार घोषणा गरिएको बोदे बर्साईन नगरपालिकाको मुख्य बोदे बर्साईन बजार अहिले पयटकीय गाउँ बन्ने तरखरमा छ । योजनालाई कार्यान्वयन गर्नका लागि नगरपालिकाले साथ दिने बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंहले बचन दिएको छ ।

बोदे बर्साईन बजार : पूर्ण सरसफाइ अध्ययन टोलीलाई स्वागत गर्दै
बोदे बर्साईन नगरपालिकामा रहेको मुख्य बजार बोदे बर्साईन बजार लगायत अन्य बजारलाई पनि शनिबार, छुट्टीको दिन र विशेष अवसरहरुमा प्रहरी , बजारवासी , युवा , संस्थाको कर्मचारी , नगरपालिकाका कर्मचारी तथा अन्य सहयोगि ब्याक्तीहरु संघ समुदायको रोहवर र पहलमा सरसफाइ गर्ने बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख सिंहले बताए । बोदे बर्साईन बजार मात्र नभै अब सबै नगर भित्र रहेको हात बजारलाई सफा र सुन्दर बनाउने प्रबर्द्वनका लागि गन्तव्य विकास गर्ने योजना नगरपालिकाको छ, जसमा सरसफाइलाई प्रवेश द्वारको रुपमा लिइएको नगर प्रमुख सिंहले बताए ।

पूर्ण सरसफाइ गुरुयोजना २०७३ ले निर्धारण गरेका सूचक पूरा गरी बजारलाई नै केहि वर्षअघि सफा गाउँ तथा बजार घोषणा गरिएको थियो । सो घोषणा समारोहमा नै नगरपालिकाले पूर्ण सरसफाइको निरन्तरता र सरसफाइ संरचनाहरुको स्तरोन्नतिका लागि जोड कोष समेत प्रदान गरेको थियो ।

समुदायसँग पूर्ण सरसफाइ प्रबर्द्वनबारे छलफल गर्दै बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंहले भने नगरपालिकाका विभिन्न स्थानमा मन्दिर , महजित लगायत अन्य धार्मिक गन्तव्य विकास गर्दै लैजाने रणनीति अनुरुप सफा गाउँ तथा बजारलाई नै छानिएको बताउनुहुन्छ। “नगरपालिकामा आयआर्जन, क्षमता विकास र समूह परिचालनका दर्जनौं योजना रहेका छन्, जसका लागि उपयुक्त स्थान छनौटको मुख्य आधार सरसफाइलाई बनाइएको छ”, नगर प्रमुख सिंह भन्नुहुन्छ, “सफा गाउँ बजार भएकैले बोदे बर्साईन लाई छानिएको हो, सफा बजार समेत योजना बनाएर नगरपालिकामा पेश गर्न हामीले भनेका छौं ।”

बोदे बर्साईन बजार समुदायमा पूर्ण सरसफाइ अनुगमन गर्दै नगर प्रमुख सिंहले भने हामीलाई आयआर्जन र सरसफाइको दिगोपनका लागि योजना बनाएर ल्याउन भन्नुभएको छ”, “सोही अनुसार केही सीपमूलक काम र पर्यटकीय प्रबर्द्वनको योजना तयार गरिरहेका छौं ।”

सरसफाइसँगै आयआर्जन
टोल विकास संस्थाको परिचालन, समुदाय परिचालन, सशक्तीकरण र आयआर्जनका लागि नगरपालिकाले प्रत्येक समूहलाई लाखौं रुपैयाँसम्म समाग्री तथा अन्य उपयोगी उपलब्ध गराउने गरेको छ । समुदायले बनाएका योजनाका आधारमा उनीहरुलाई अन्य व्यवस्था गरेको नगर प्रमुख सिंहले बताउनुहुन्छ ।

बोदे बर्साईन बजारको लाइनहरु जोडिएको सामुदायिक फुलबारी वाटिका निर्माणका लागि सुन्दरता दिने किसिमका विरुवा छनौट गरेर रोपिएको छ । त्यहाँ बहुवर्षे फूलका विरुवा रोपिएको छ भने केही खाली जग्गामा पार्क बनाएर सञ्चालन गर्न सफा र स्वच्छ घोषणा गरिएको बोदे बर्साईन सरसफाइ व्यवस्थापन समिति पनि बनाउने बताएका छन।

सरसफाइ दौडमा नगर प्रमुखको नेतृत्व
नगरपालिकाभित्र हुने सबै विकास निर्माण कामको अनुगमनको संयोजनको मुख्य जिम्मेवारी नगर प्रमुख र उपप्रमुखकै हुन्छ । यससँगै सामाजिक संघसंस्थासँग समन्वय गर्ने र सामाजिक सवालहरुलाई सम्बोधन गर्ने दायित्व समेत जोडिएको हुन्छ । यी सबै कामलाई सरसफाइको आँखाबाट विश्लेषण गर्ने गर्नुहुन्छ नगर प्रमुख सिंह ।

बजारहरुबाट कहिले अनुगमनका लागि त कहिले छलफलका लागि सहभागिता जनाउन नगर प्रमुख सिंहलाई निम्तो आइरहेको हुन्छ । “कार्यालयको काममा फुर्सद पाउनासाथ म समुदायमा पुग्छु, र समुदायसँग सरसफाइ प्रबर्द्वन, आयआर्जन, सशक्तीकरण, समानता, बाल अधिकार लगायतका विषयमा छलफल गर्छु”, नगर प्रमुख सिंह भन्नुहुन्छ, “आफ्नो दोस्रो कार्यकालमा समुदायमा देख्न र महसुस गर्न सक्नेगरी परिवर्तनको नेतृत्व गर्ने एकमात्र लक्ष्य छ ।”

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको टोली समुदाय पुग्दा होस् या सञ्चारकर्मीहरु पुग्दा होस्, अथवा गुणस्तर अनुगमन र आवधिक अनुगमन गर्दा नै किन नहोस्, नगर प्रमुख टुप्लुक्क पुगिहाल्नुहुन्छ । “नगरपालिकाभित्र हुने काममा नगरपालिका नै बेखवर बन्नु पनि त भएन नि”, उहाँ भन्नुहुन्छ, “नगरपालिकाबाट अनुगमन र सामाजिक विकासको नेतृत्वको जिम्मेवारी नगर प्रमुखमा भएकोले पनि मैले सहभागिता जनाउनैपर्छ ।”

सरसफाइ नै सभ्यता र संस्कारको जननी भएकोले पनि सरसफाइ प्रबर्द्वनप्रति विशेष लगाव भएको उहाँ बताउनुहुन्छ ।