उमेश कुमार साह:९ असार बिहीबार

बोदे बर्साईन :सप्तरीको बोदेबरसाईन नगरपालिका वडा नम्बर ७ मानराजा स्थित साबिक मानराजा गाउँ विकास समितिमा अबस्थित मानराजा गढी एउटा महत्वपुर्ण अनुसन्धान मुलक ऐतिहासिक ठाउँ छ । जुन प्रसार प्रचारको कमिले आन्तरिक पर्यटक भित्रिआउन सकेको छैन । यो गाविस प्रदेश नम्बर दुई तथा जिल्लाको एउटा महत्वपुर्ण अनुसन्धान मुलक ऐतिहासिक स्थान हो । जिल्लाको विमानराजा स्थित गढी एउटा महत्वपुर्ण अनुसन्धान मुलक ऐतिहासिक ठाउँ: कट ग्रामीण क्षेत्रमा रहेका कारण यो क्षेत्र उपेक्षित रहँदै आएको छ । हाल बोदे बर्साईन नगरपालिका वडा नम्बर ७ मानराजा अन्तर्गत पर्द्छ।

यस ठाउँमा मानराजा राजा मानदेवको कथा सगँ मेल खाने अनुमान गरेको छ । किराात कोशी प्रदेशका मानराजा मानदेवको कोशी प्रदेशको शासन गर्ने राजधानी थियो । मानराजामा रहेका मुर्तिको कलाकृति सित मिल्दोजुल्दो रहेका छन् । यी तथ्यहरुका आधारमा हालको मानराजा राजा मानदेवको कोशी प्रदेश राजधानी थियो भन्ने अनुमान गर्न सकिन्छ ।

पुर्वा कालमा मानराजा सानो हुदाँ उनी बालक राजा थिए । मानदेवलाई बालक राजा देखेर पहिले वंशवर्ती पुर्वका सामन्त र पश्चिम गण्डकी पारी मल्लपुरका सामन्त स्वतन्त्र हुनको लागि मानदेवको विरुद्ध उठ्न थाले पछि राजा त्याहाबाट सप्तरी आएका हुन् । उनले आमाको आज्ञा लिई फौज साथ पुर्वका सामन्त दमन गर्नु निस्केको थिए । पुर्वका सामन्त कज्याउन उनलाई गाह्रो परेन ।

सदरमुकाम राजबिराज देखि १६ किलो मिटर पशिम तथा पुर्व पशिम राजमार्गको करिब १० किमिमा रहेको मानराजा गढीअबस्थित रहेको छ ।यस क्षेत्रबाट १० किमि दक्षिणमा भारतको सिमामा लौकही वजार रहेको छ ।

यस स्थानमा राजा जि थानको मन्दिर रहेको छ । राजा जि थान पुरात्तविक पुराना ढुङ्गा तथा विभिन्न सकेतको आकार प्रकारमा बनेको देखिन्छ । यसबाट मिथिला क्षेत्रलाई झलकाएको छ । उक्त थान ५ फिट उचाई सम्म पुराना वर्ग आकारको ढुङ्गा प्रयोग गरि बनाएको छ । यहाँ रुखको तल विभिन्न कालो ढुङ्गा प्रयोग गरी बनाएका मुर्तिहरु प्रशस्त हेर्न सकिन्छ ।

स्थानियका अनुसार यस स्थानलाई श्री राजा जीको नामबाट मानराजा राखिएको जनविश्वास रहेको छ । यहाँ लक्ष्मिनारायणको मन्दिर समेत रहेको छ । यस क्षेत्रमा भग्वान हनुमान, दुर्गा देवी ,सरस्वती र शिवको मन्दिर स्थापित रहेको छ ।

प्रत्येक बर्ष यस ठाउँमा बैशाख १ र २ गते धुमधामका साथ मेला लाग्ने गरेको छ । मेला हेर्न तथा पुजा गर्न छिमेकी देश भारतको विभिन्न स्थान तथा स्थानिय लगायत दर्शान गर्न आउने गरेको छ । साथै यहाँ एकादशी, शिवरात्री, चतुरदर्शी र रामनवमीमा ठुलो मेला लाग्ने गरेको छ । यस राजा जीलाई पुजा आजा गरेपछि मनमा चिताएको सवै पुरा हुने जनविश्वास रहेको छ । त्यस्तै यहाँ परेबा तथा खसिको बलि पनि दिने गरिन्छ । खिर,पेडा लड्डु , पान सुपारी जस्ता पुजा समाग्री पुजा गर्दा चढाईन्छ ।

यहाँ दर्शन गरेपछि चार जोडि भन्टा चढाएपछि विभिन्न किसिमका छलाका रोगहरु निको हुने जनविश्वास रहिआएको छ । बोदेबर्साईनको मुटुमा अबस्थित मानराजा क्षेत्र एउटा जिल्लाकै प्रसिद्ध रहेको छ । जिल्लाको विकट ग्रामीण क्षेत्रमा रहेका कारण यो क्षेत्र उपेक्षित रहँदै आएको छ । ग्रामीण पर्यटनको प्रबल सम्भावना बोकेको मानराजा गढी क्षेत्रको विकास गर्न समबन्धित निकायको सक्रियता आबश्क देखिएको छ । सप्तरी अन्लाईन पेज