गौशाला । गौशाला नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ८४ करोड ३३ लाख २५ हजार ६०७ रुपैयाँको बजेट ल्याएको छ ।
नगरपालिकाको आठौँ नगरसभामा शुक्रवार उपमेयर रेनु कुमारी महतोले बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १८ करोड २७ लाख, संघीय राजस्व बाँडफाँड तर्फ १४ करोड ६१ लख ६२ हजार, संघीय सर्शत तर्फ २९ करोड ११ लाख, संघीय बिशेष अनुदान २ करोड ५० लाख, प्रदेश सरकारको अनुदान तर्फ वित्तीय समानिकरण अनुदान १ करोड २० लाख ६१ ह्जार, विशेष अनुदान ३० लाख, समपूरक अनुदान २० लाख, राजस्व बाँडफाँड १ करोड ३५ लाख ९२ हजार ६०७, आन्तरिक आय तर्फ ८ करोड २ लाख १० हजार, अल्या रकम ८ करोड गरी कुल ८४ करोड ३३ लाख २५ हजार ६०७ को आयको अनुमान गरिएको छ ।
यस अघि नगरप्रमुख डा. दिपेन्द्र महतोले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खेलकुद कृषि तथा पशुपन्छी विकास, रोजगार, पर्यटन क्षेत्रको विकास लगायतका विषयलाई प्राथमिकता दिएका छन् । प्रत्येक वडामा कम्तिमा एउटा विद्यालयलाई नमूना बिद्यालय बनाउने, बिद्यालयहरुमा वृक्षा रोपन गरी हरित विद्यालयको अवधारणालाई अगाडि बढाउने, गौशाला नगरपालिकामा आगामी आवदेखि नै इन्जिनियरिंग कलेजको संचालन तथा व्यवस्थापनका लागि राजर्षि जनक विश्वविद्यालयसँग समन्वय गरी सञ्चालन गर्ने नीति लिएको छ । नगरपालिकाबाट स्वीकृत १५ शैयाको आधारभूत अस्पताललाई प्रदेश स्तरको अस्पतालको रुपमा स्थापना तथा संचालन गर्नुका साथै शैक्षिक कार्यक्रम समेत सञ्चालन गर्ने नगरपालिकाले नीति लिएको छ ।
मेयर महतोले नगरपालिकालाई क्षयरोग मुक्त बनाउन कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य बिमा कार्यक्रमलाई बिशेष प्राथमिकता साथ व्यवस्थित गर्ने, नगरभित्र आकस्मिक बिरामीहरुका लागि निशुल्क एम्बुलेन्स सेवा र नगरबाहिर सहुलियत दिने नीति लिएका छन् ।
Discussion about this post